राष्ट्रपति र पूर्व राष्ट्रपतिका छोराछोरी पनि राजनीतिक दौडमा
निर्वाचन विषेश
काठमाडौं । नेपाली कांग्रेसको समानुपातिक उम्मेदवारको सूचीमा राष्ट्रपति र पूर्व राष्ट्रपतिका छोराछोरी पनि परेका छन् । कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी र पूर्व राष्ट्रपति रामवरण यादवका छोरालाई राखिएको हो ।
खस आर्यमा महिलातर्फ राष्ट्रपति पौडेलकी छोरी संज्ञा पोखरेल पौडेल रहेकी छन् । संज्ञा कांग्रेस महाधिवेशन प्रतिनिधि पनि हुन् । त्यस्तै, पूर्व राष्ट्रपति यादवका छोरा डा. चन्द्रमोहन यादवलाई मधेसी पुरुषतर्फ समानुपातिक सूचीमा राखिएको छ । चन्द्रमोहन कांग्रेको केन्द्रीय सदस्य पनि हुन् । त्यस्तै, सोलुखुम्बाट पूर्वमन्त्री बलबहादुर केसीकी पत्नी रिना उप्रेती पनि समानुपातिक सूचीमा छिन् ।
कांग्रेसको समानुपातिक उम्मेदवार सूची

प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
