`

विश्व बैंकको सहयोगमा बागलुङको मुलपानी–तितौरे सडक कालोपत्र हुँदै

Nepal One HD १६ पुष २०८२ ७:२०
प्रमुख खबर

गलकोट (बागलुङ), १६ पुस: विश्व बैंकको सहयोगमा बागलुङ नगरपलिकाभित्र ठेक्का लागेका तीन सडकमध्ये मुलपानी–तितौरे नौ किलोमिटर खण्डमा कालोपत्र थालिएको छ । पहिलो चरणमा तितौरेदेखि दानविसौनासम्म कालोपत्र सम्पन्न भइसकेको छ । यसअघि गणेशथान घुम्ती–निरयघाट र ओढारचौर–ढोडेनी सडक कालोपत्र भइसकेको छ ।

बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठका अनुसार सडक कालोपत्र गर्न विश्व बैंकले बागलुङ नगरपालिकासहित देशका १७ स्थानीय सरकारलाई अनुदान उपलब्ध गराएको थियो । स्तरोन्नतिसँगै सडक कालोपत्रका लागि निर्माण व्यवसायीसँग रु ४९ करोड २२ लाखमा ठेक्का सम्झौता भएको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *