`

बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्ति पक्राउ

Nepal One HD १७ पुष २०८२ १९:२१
समाज

काठमाडौँ, १७ पुसः काठमाडौँ महानगरपालिका–४ बालुवाटारबाट ठूलो रकम तथा विभिन्न गरगहना चोरी गरी फरार रहेका व्यक्तिलाई चोरिएको रकमसहित प्रहरीले पक्राउ गरेको छ ।काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार बालुवाटारको स्र्टोर्म नेटवर्क प्रालिको रु ४८ लाख ७२ हजार र इको भ्याली प्रालिको रु आठ लाख ५८ हजार चोरी गरेका काठमाडौँ महानगरपालिका–२ खुर्सीनिटारका २४ वर्षीय दुर्गाबहादुर केसीलाई पक्राउ गरिएको हो । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक प्रविण धितालले यही पुस १२ गते ठूलो रकम चोरी गरेर फरार रहेका उनलाई दाङ प्रहरीको सहयोगमा नगदसहित पक्राउ गरिएको जानकारी दिनुभएको छ ।

यही पुस १२ गते राति चोरी गरी फरार रहेका निजलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुर दाङसमेतको समन्वयमा तुलसीपुर उपमहानगरपालिका–६ बाट पक्राउ गरी उनलाई काठमाडौँ ल्याइएको छ ।

उनको साथबाट प्रहरीले रु ६५ लाख १७ हजारसहित चाँदीको ब्रास्लेट थान १५, चाँदीकोे सिक्का थान २८ र चाँदीजस्तो देखिने सेतो धातु थान एक र ल्यापटप बरामद गरिएको उपत्यका प्रहरीले आज सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *