`

दुई वटा संसदीय समितिको बैठक आज बस्दै

Nepal One HD २१ पुष २०८२ ७:५८
राजनीति

काठमाडौं । दुई वटा संसदीय समितिको बैठक आज बस्दैछ । राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ः३० बजे बस्न लागेको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल हुनेछ ।

त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा राष्ट्रिय पुस्तकालय नीति र पुस्तकालय ऐनमा समेट्‍नुपर्ने विषयहरु सम्बन्धमा उपत्यकामा अवस्थित पुस्तकालयका प्रतिनिधिहरुसँग छलफल हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *