`

स्वास्थ्यमन्त्री डा गौतमसँग इजरायलका राजदूतको शिष्टाचार भेट

Nepal One HD २३ पुष २०८२ १९:४०
राजनीति

काठमाडौँ, २३ पुसः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमसँग नेपालका लागि इजरायलका राजदूत स्मुलिम एरि बासले शिष्टाचार भेट गर्नुभएको छ ।

आज मन्त्रालयमा आयोजित भेटमा उहाँहरुबीच नेपाल र इजरायलबीच स्वास्थ्य क्षेत्रमा द्विपक्षीय सहयोगको आदानप्रदानका विषयमा विस्तृत छलफल भएको मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले जानकारी दिनुभयो । ।

भेटमा स्वास्थ्यमन्त्री गौतमले इजरायलले आपतकालीन सेवा र विपद् व्यवस्थापनका क्षेत्रमा हासिल गरेको प्रगति उल्लेख गर्दै यस किसिमको सहयोगले नेपालको स्वास्थ्य प्रणाली सुदृढ गर्न सहयोग पुग्ने बताउनुभयो


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *