क्यासिनोमा ठगी गरेका आरोपी पुर्पक्षका लागि कारागार चलान
काठमाडौँ, २३ पुसः ठमेलको छायाँ सेन्टरमा रहेको ‘वाल्डो क्यासिनो’मा आइलेन्स प्रयोग गरी ठगी गरेको आरोप लागेका चार भारतीयलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ ।
उनीहरुलाई आज पुर्पक्षका लागि कारागार चलान गरिएको हो । कारागार चलान हुनेमा दिल्लीका ५७ वर्षीय सुरेश महाजन, देहरादुनका ३९ वर्षीय प्रमोद मौर्य, उत्तराखण्डका ३२ वर्षीय विक्रमसिंह र भारत हरियानाका ३७ वर्षीय दिनेश वर्मा रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले पक्राउ परेका सात जनामध्ये चार जनालाई पुर्पक्षका लागि कारागार चलान, दुई जनालाई एक लाख धरौटीमा रिहा र एक जनालाई पाँच लाख धरौटीमा रिहा गरिएको जानकारी दिनुभयो । रु एक लाख तिरेर धरौटीमा रिहा हुनेमा सुनसरीकी ३५ वर्षीय चिजा खड्का र टोखाकी ४० वर्षीय भवानी पाण्डे रहेका छन् ।
यसैगरी पाँच लाख तिरेर रिहा हुनेमा चिनियाँ नागरिक क्यासिनो सञ्चालक छन मान छिन रहेका छन् ।
