विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा
नेपाली कांग्रेस
काठमाडौँ, २९ पुस : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी अझै बलियो हुने विश्वास व्यक्त गर्नुभएको छ ।
विशेष महाधिवेशनको दोस्रो दिनको बन्दसत्रमा उहाँले यो महाधिवेशनले पार्टीलाई विभाजित गरेको भन्ने नहुने र यसले पार्टीलाई झन् पुनर्ताजगी गर्ने बताउनुभयो ।
“नेपाली कांग्रेसलाई बदल्नुछ, कांग्रेसलाई नवीन बनाउनुछ, त्यसका लागि विशेष महाधिवेशन हो”, उहाँले भन्नुभयो । महामन्त्री शर्माले आफूले सोमबारको बन्दसत्रमा पेस गरेको प्रस्तावमा महाधिवेशन प्रतिनिधि र आमजनताबाट आएका सुझावलाई ग्रहण गरी अगाडि बढ्ने बताउनुभयो ।
उहाँले महाधिवेशन प्रतिनिधि र आमनागरिकको भावनाअनुसारको पार्टी सङ्गठन बनाउन आफूहरू प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
