संस्थापन पक्षधरले केन्द्रीय समिति बैठकबाट गरेको कारबाही निर्णय अस्वीकार
नेपाली कांग्रेस
काठमाडौं । कांग्रेसको विशेष महाधिवेशन पक्षधरहरूले संस्थापन पक्षधरले केन्द्रीय समिति बैठकबाट गरेको कारबाही निर्णयलाई अस्वीकार गरेका छन् ।
महामन्त्रीबाट कारबाहीमा परेका नेता विश्वप्रकाश शर्माले बन्दसत्रको हलमा सहभागीहरूलाई होहल्ला गर्दै अस्वीकार गर्न आह्वान गरेका थिए । लगत्तै सहभागीहरूले ठूलो स्वरमा होहल्ला गर्दै अस्वीकार गरे ।
बुधबार दिउँसो सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको संस्थापन पक्षको केन्द्रीय समिति बैठकले अर्का महामन्त्री गगन थापा, शर्मासँगै सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई पाँच वर्षसम्मका लागि पार्टीको साधारण सदस्यतासमेत नरहनेगरि कारबाही गरेका थिए ।
विशेष महाधिवेशनमा सहभागी अन्य नेताहरूलाई भने कारबाहीको निर्णय गरेको थिएन । उनीहरूलाई पूर्ववत् निर्णयमा फर्किन आग्रह गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
