गोरखामा रास्वपा नेताहरु चढेको गाडी तोडफोड
प्रमुख खबर
गोरखा । गोरखामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता चढेको गाडी तोडफोड भएको छ । गोरखाको भीमसेन थापा गाउँपालिका–३, कमलटारमा वडा अधिवेशनका लागि गएका नेताहरूको गाडी तोडफोड गरिएको हो । गाडीमा रास्वपा केन्द्रीय सदस्यद्वय प्रकाशचन्द्र परियार र धनेज थापा तथा पर्यटन विभाग सदस्य प्रकाश लामिछानेसहित नेता सवार थिए ।
उनीहरू चढेको बागमती प्रदेश ०२५ च ७०३० गाडीमाथि तोडफोड भएको केन्द्रीय सदस्य परियारले जानकारी दिएका छन् । आफूहरू सबै सुरक्षित रहेको बताउँदै परियारले सुनाए, ‘हामीले सम्भावित राजनीतिक प्रपञ्च, षडयन्त्र, प्रतिशोध र हुलहुज्डबाजको वहुकोण सहित प्रहरीमा उजुरी गरिसकेका छौं ।’ पार्किङस्थलमा राखिएको गाडीमाथि तोडफोड भएको उनले जानकारी दिए । यसले घटनाले कार्यक्रम केही ढिला भए पनि स्थगित नगरिएको उनले बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
