रास्वपा प्रवेश गर्दै सुदन गुरुङ, बालेनसँगै घण्टीघर जाँदै
काठमाडौँ । जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने घोषणा गरेका छन् । गुरुङले आज आफू र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह औपचारिक रूपमा रास्वपामा प्रवेश गर्ने घोषणा गरेका हुन् । सामाजिक सञ्जालमार्फत गुरुङले यो निर्णय कुनै पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि नभई जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट प्रेरित भएको स्पष्ट पारेका छन् ।
उनले जनताले निरन्तर माग गर्दै आएको जबाफदेहिता, स्पष्ट दिशा र ठोस नतिजा लाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको बताएका छन् । सुदन गुरुङले सामाजिक सञ्जालमा लेखेका छन्ः ‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौं । यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो । तपाईंहरूले माग गर्नुभएको जबाफदेहिता, दिशा र नतिजालाई अब संस्थागत रूपमा अघि बढाउने समय आएको छ । जनहित पहिलो प्राथमिकता रहनेछ, युवाको विश्वास सुरक्षित रहनेछ, र परिवर्तनलाई स्थायी बनाइनेछ । यो यात्रा तपाईंहरूसँगै अघि बढ्छ ।’
