एकै पहिरनमा सजिएर उम्मेदवारी दर्ता गराउँदै नेकपा सिन्धुपाल्चोकका उम्मेदवारहरू
निर्वाचन विषेश
काठमाडौं । सिन्धुपाल्चोकमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरूले एकैखालको पहिरन लगाएर उम्मेदवारी दर्ता गर्ने भएका छन् ।
जिल्लाका दुवै निर्वाचन क्षेत्रका प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरू दौरा–सुरुवाल र साडी–चोलीमा सजिएर मनोनयन दर्तास्थल पुग्दै छन्।
क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार माधव सापकोटा ‘सुबोधु र क्षेत्र नम्बर २ का उम्मेदवार युवराज दुलाल ‘शरद’ले दौरा–सुरुवाल लगाएका छन्।
त्यस्तै, समानुपातिकतर्फकी उम्मेदवार भगवती नेपाल साडी–चोली र लालकान्छा तामाङ परम्परागत पहिरनमा सजिएका छन्।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
