`

पञ्चैबाजा समूहद्वारा लोकबाजा सङ्ग्रहालय स्थापना

Nepal One HD १५ माघ २०८२ ९:२६
समाज

म्याग्दी। मालिका गाउँपालिका–७ बिममा नौमती बाजाघर निर्माण भएको छ । मालिका गाउँपालिकाको सहयोगमा दलित पञ्चैबाजा समूहले दुईकोठे बाजाघर निर्माण गरेको हो ।

समूहका अध्यक्ष रामबहादुर दर्जीले भवनमा लोकबाजा सङ्ग्रहालय स्थापनाका साथै तालिम सञ्चालन गरिने जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाले रु सात लाख ७६ हजार अनुदान सहयोग गरेको भवन निर्माणका लागि समूहले देउसीभैलो र चन्दा सङ्कलन गरेर जुटाएको थप रु दुई लाख २३ हजार खर्च भएको उहाँले जानकारी दिनुभयो ।

बिम–मालिका सङ्घको सहयोगमा २०७७ साल का पहिरोपीडितको लागि एकीकृत बस्ती स्थापनाका लागि खरिद भएको जग्गामा भवन निर्माण भएको हो । भवनको गण्डकी प्रदेश सांसद रेशमबहादुर जुग्जालीले बुधबार उद्घाटन गर्नुभयो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *