`

भारतबाट नआउँदा ग्यास हाहाकार, बालाजुमा दिनहुँ लामो लाइन

Nepal One HD २० माघ २०८२ १४:०४
अर्थ समाचार

काठमाडौं । नेपाल आयल निगमले ग्यास पर्याप्त रहेको जानकारी सोमबार दियो । स्टक नराख्न पनि निगमले उपभोक्ताहरूलाई सुझाव दियो ।

तर, नेपाली बजारमा दुई सातादेखि ग्यास अभाव छ । सर्वाधिक अभाव भएको नेपाल ग्यास हो, जसकारण उपभोक्ताहरू मारमा छन् ।

भारतबाट समयमै ग्यास ढुवानी भएर नेपाल नआउँदा ग्यासको अभाव उपभोक्ताले झेल्नुपरेको हो ।

नेपाल ग्यासका बिक्री केन्द्रहरूमा दुई सातादेखि ग्यास नपाइएपछि खाली सिलिन्डर बोकेर सयौँ उपभोक्ता बालाजु औद्योगिक केन्द्रमा रहेको नेपाल ग्यासको कार्यालयमै पुग्ने गरेका छन् ।

त्यहाँ पनि नेपाल ग्यास नपाएको गुनासो उपभोक्ताहरूको छ । त्यहाँ बिहानदेखि दिउँसो २ बजेसम्म ग्यास वितरण गरिन्छ ।

दैनिक सयौँ उपभोक्ता ग्यासका लागि लाइन बस्न थालेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *