`

घोषणा पत्र लुकाएर, लोकतन्त्रको हत्या कहिलेसम्म

जयप्रकाश यादव २२ माघ २०८२ १२:५६
अन्तर्वार्ता/बिचार
काठमाडाैं । नेपालको लोकतन्त्र आज गम्भीर संकटमा छ भन्ने अनुभव हामी सबैको साझा चिन्तामा परिणत हुनुपर्छ। हरेक नागरिकको मतदान गर्ने अधिकार केवल कागजमा  मात्र होइन; यो हाम्रो भविष्य निर्माण गर्ने, समाज सुधार गर्ने र हाम्रो आवाजलाई कानुनी मान्यता दिलाउने अधिकार हो तर अहिले देखा परेको अवस्था भन्नुपर्दा धेरै निर्वाचन क्षेत्रमा  उम्मेदवारहरूले आफ्नो जिम्मेवारीबाट भाग्दै गईरहेको छ। जनतालाई अन्धकारमा राख्ने प्रयास पनि धमाधम भइरहेको छ।मेरो विचार अनुसार, उम्मेदवारहरूले आफ्नो घोषणा पत्र लुकाउनु स्वीकार्य छैन। नीति, योजना र प्रतिबद्धता सार्वजनिक गर्नु उनको नैतिक दायित्व हो। जब यी सूचना लुकाइन्छ ।तब हाम्रो लोकतान्त्रिक अधिकार माथि मात्र हमला हुँदैन, लोकतन्त्रको आत्मा नै मर्छ।
म विश्वास गर्छु कि पारदर्शिता र उत्तर दायित्व लोकतन्त्रको मूल आधार हुन्।यसले जनविश्वासलाई कमजोर बनाउँछ र राजनीतिक प्रक्रियामा उदासीनता जन्माउँछ। हाम्रो  मान्यतामा, लोकतन्त्र तब मात्र जीवित रहन्छ जब जनताले सजग, सशक्त र जागरूक नागरिकको रूपमा आफ्नो भूमिका निर्वाह गर्छन्, र उम्मेदवारहरूले आफ्नो दायित्व निर्वाह गर्छन्। त्यही भएर सशक्त जनतालाई पारदर्शी उम्मेदवार, जिम्मेवार ,नीति र खुला सूचनाले  मात्र लोकतन्त्र सशक्त र जीवित रहन्छ।
घोषणा पत्र विना भोट माग्नु राजनीतिक ठगी 
घोषणा पत्र विना भोट माग्नु लोकतन्त्र भन्दा पनि जनताको चेतना र विवेकमाथि आघात हो। मानवीय विचार धाराले व्यक्ति होइन, उसको सोच, नीति र समाज प्रतिको जिम्मेवारीलाई केन्द्रमा राख्छ। निर्वाचन उम्मेदवारले जनताको जीवन कसरी सुधार्छ। अधिकार कसरी सुनिश्चित गर्छ र भविष्य कस्तो बनाउँछ  भन्ने कुरा घोषणा पत्र मार्फत स्पष्ट गर्नु पर्छ। घोषणा पत्र नदिई भोट माग्नु भनेको मतदातालाई केवल साधनका रूपमा प्रयोग गर्नु हो। जुन मानवीय मूल्यको ठाडो उल्लङ्घन हो।
यस्तो अभ्यासले जनतालाई निर्णय गर्ने अधिकारबाट वञ्चित गर्छ र लोकतन्त्रलाई खोक्रो बनाउँछ। मानवीय दृष्टिकोणले पारदर्शिता, जवाफदेहिता र नैतिकतालाई अनिवार्य ठान्छ। त्यसैले घोषणा पत्र बिना भोट माग्नु राजनीतिक बेइमानी मात्र होइन, मानव सम्मान र चेतनाको अपमान पनि हो। सचेत नागरिकले प्रश्न गर्नु, माग गर्नु र मुल्याङ्कन गर्नु नै मानवीय लोकतन्त्रको वास्तविक अभ्यास हो।
कागज लुकाएर लोकतन्त्रको हत्या हुदैछ
लोकतन्त्र मूलतः कागजको शासन होइन, मानिसको चेतनाको शासन हो। जब नागरिकलाई सोच्ने, बुझ्ने र निर्णय गर्ने अधिकारबाट वञ्चित गरिन्छ, तब त्यो लोकतन्त्र होइन, केवल औपचारिक प्रक्रिया मात्र रहन्छ। आज लोकतन्त्र बन्दुकले होइन, मानिसको विवेकलाई अन्धकारमा राखेर मारिँदैछ। उम्मेदवारले घोषणा पत्र लुकाउँदा केवल कागज होइन, नागरिकको जान्ने अधिकार पनि लुकाइन्छ। मानव विचार धाराले भन्छ। मानिस कुनै अनुहारको पछाडि अन्धो भएर हिँड्ने वस्तु होइन; ऊ प्रश्न गर्ने, तुलना गर्ने र सचेत निर्णय गर्ने चेतनशील प्राणी हो। घोषणा पत्र बिना मागिएको भोट भनेको मानिसलाई सोच्ने क्षमताबाट वञ्चित गर्नु हो ।
जुन मानवीय गरिमा माथिको प्रहार हो। चुनाव व्यक्तिको जय कार होइन, विचार र उत्तरदायित्वको प्रतिस्पर्धा हुनुपर्छ। जब नीति लुकाइन्छ, तब नैतिकता हराउँछ; जब जिम्मेवारी टारिन्छ, तब मानव अधिकार कमजोर हुन्छ। आज चुप लाग्नु भनेको भोलि आफूलाई नै मौन बनाउनु हो। त्यसैले मानवीय विचार धाराको स्पष्ट आवाज यही हो। मानिसलाई जानकारी बिना निर्णय गर्न बाध्य पार्नु अमानवीय हो , र घोषणा पत्र बिना भोट माग्नु लोकतन्त्र र मानव चेतनाको दुवैको अपमान हो।
नेपालमा घोषणापत्र विहिन बढ्दो राजनीति 
मानवतावादी दृष्टिकोण बाट हेर्दा घोषणा पत्र बिहीन राजनीति लोकतन्त्र मात्र होइन, मानवीय गरिमा माथि पनि गम्भीर चुनौती हो। मानव विचार धाराले प्रत्येक नागरिक लाई सचेत, विवेकी र सम्मानित निर्णय कर्ता मान्छ। तर जब उम्मेदवारहरूले स्पष्ट नीति, योजना र प्रतिबद्धता नदिई केवल नाराको भरमा भोट माग्छन्, तब नागरिकको स्वतन्त्र सोच, विवेक र छनोट गर्ने अधिकार कमजोर बनिन्छ।
यसले राजनीतिलाई मानवीय मूल्यबाट टाढा लैजान्छ र पारदर्शिता, उत्तरदायित्व र नैतिकता जस्ता लोकतान्त्रिक आधारभूत सिद्धान्तहरूलाई कमजोर पार्छ। घोषणा पत्र भनेको जनताको जीवन, आवश्यकता र भविष्य प्रति उम्मेदवारको इमानदार प्रतिवद्धता हो। यसलाई बेवास्ता गर्नु भनेको केवल सत्ता प्राप्तिको प्रयास मात्र नभई नागरिकको सम्मान र लोकतन्त्रको आत्मा माथि प्रहार हो। मानव केन्द्रित लोकतन्त्रमा नागरिकको चेतना, अधिकार र जिम्मेवारीको संरक्षण अपरिहार्य छ। यसर्थ, घोषणा पत्र बिना चुनाव लड्नु मानव विचार धाराको मूल उदेश्य सम्मान, न्याय र पारदर्शितालाई अस्वीकार गर्नु जस्तो हो।
मतदाताको मौनता अपराध 
लोकतन्त्र केवल मतदाता र सरकार बीचको सम्बन्ध मात्र होइन ।यो हरेक मानवको चेतना, नैतिक जिम्मेवारी र सक्रिय सह भागिताको प्रतिबिम्ब हो। मानव अस्तित्व केवल व्यक्तिगत लाभ वा सुखमा सीमित छैन—हाम्रो जीवनले समाज र भविष्यसँग गहिरो सम्बन्ध राख्छ। जब हामी आफ्नो अधिकारलाई मौनता र निष्क्रियतामा पुर्‍याउँछौं। हामी केवल व्यक्तिगत रूपमा सीमित हुँदैनौ ।हामी मानव समाजको न्याय, समानता र सामूहिक हितको विरुद्ध मौन प्रतिवाद गर्दैछौं।मानवको शक्ति र अस्तित्वले न्याय, समानता र सहअस्तित्वको संरचना निर्माण गर्न सक्छ। जब हामी मतदान र सामाजिक निर्णय प्रक्रियामा सक्रिय हुँदैनौं, तब असक्षम नेतृत्व, भ्रष्टाचार र अन्यायपूर्ण नीति निर्माणको बाटो खुल्छ।
यसले मानव समाजमा विभाजन, असमानता र विकास अवरोधको अवस्था सिर्जना गर्छ। त्यसैले हरेक मानवको कर्तव्य केवल अधिकार प्रयोगमा सीमित छैन। यो सामाजिक उत्तरदायित्वमा पनि छ। मौन रहनु भनेको हाम्रो साझा भविष्य प्रति, समाजको न्याय प्रति, र मानवताको मूल्यमान्यता प्रति निष्क्रिय रहनु हो। केवल सक्रिय सहभागिताले मानव समाजलाई भ्रष्टाचार, असमानता र अन्यायबाट बचाउन सक्छ र लोकतन्त्रको वास्तविक शक्ति प्रकट हुन्छ।
आगामी दिनमा राजनीतिक दलहरूको ठुलो असफलता हुन्न सक्ला?
भोलीको दिनमा राजनीतिक दलहरू ठुलो असफलतामा पर्न सक्छन् भन्ने चेतावनी केवल राजनीतिक विश्लेषण मात्र होइन। मानववादी दृष्टिकोणबाट हेर्दा यो मानवीय मूल्यको संकटको संकेत हो। हामी अनुसार राजनीति सत्ताको खेल होइन। मानवको गरिमा, अधिकार र सम्भावनाको संरक्षण गर्ने माध्यम हो  तर आज जनतामा बढ्दो असन्तुष्टि, विश्वासको गहिरो संकट र राजनीतिक नैतिकताको पतनले दलहरू मानव केन्द्रित उद्देश्यबाट  टाढिँदै गएको स्पष्ट देखिन्छ।
मानव वादी विचार धारामा जनता साधन होइन, तर व्यवहारमा राजनीतिक दलहरूले जनताको पीडा सुन्ने भन्दा सत्ता जोगाउने रणनीतिलाई प्राथमिकता दिएका छन्। बेरोजगारी, महँगी, शिक्षा, स्वास्थ्य र सुशासनजस्ता मानवीय जीवनसँग प्रत्यक्ष जोडिएका मुद्दा उपेक्षित हुँदा राजनीति मानव सेवाबाट स्वार्थको संरचनामा रूपान्तरण भएको छ। यही रूपान्तरण मानव विचारधाराको मूल आत्मासँग ठाडो विरोध हो। मतदाताको मौनता, वैकल्पिक सोचको खोज र लोकतन्त्र प्रतिको वितृष्णा यही अमानवीय राजनीतिक अभ्यासको प्रतिफल हो।  लोकतन्त्र बचाउन दलहरूलाई सत्ता होइन, मानव मूल्यलाई मूल आधार बनाउनैपर्छ।नत्र इतिहास तिनीहरूलाई असफल मात्र होइन, अमानवीय राजनीतिक अभ्यासको उदाहरणका रूपमा स्मरण गर्नेछ।
No manifesto, No Vote किन आवश्यक ?
लोकतन्त्र केवल भोट हाल्ने प्रक्रिया मात्र होइन। यो मानवको अधिकार, गरिमा र जीवन सुधार्ने क्षमताको संरक्षण गर्ने एउटा माध्यम हो। प्रत्येक नागरिकको मतदान अधिकार केवल कागजमा मात्र सीमित हुनु हुँदैन।यसले मानिसको आवाज कानूनी मान्यता पाउने, आफ्नो समाज सुधार्ने र व्यक्तिगत तथा सामूहिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने अवसर दिनुपर्छ। जब उम्मेदवारहरूले आफ्ना घोषणा पत्र (म्यानिफेस्टो) लुकाउँछन् वा जनता सँग साझा गर्दैन तब सम्म  नागरिक आफ्नो विवेक र सोच–विचार प्रयोग गरेर निर्णय लिन बाट वञ्चित हुन्छ। घोषणा पत्र मानव केन्द्रित दृष्टिकोणको स्पष्ट रूप हो।
यसले उम्मेदवारको प्रतिवद्धता, योजना र जनकल्याणमा आधारित कदमलाई उजागर गर्छ। मतदातालाई आफ्नो अधिकार र विवेक प्रयोग गर्न, उम्मेदवारको वास्तविक क्षमता बुझ्न र अन्धाधुंध समर्थनबाट बच्न मद्दत गर्ने माध्यम यही हो। घोषणा पत्र बिना भोट माग्नु भनेको मानवको निर्णय क्षमता र विश्वासमा अन्याय गर्नु हो।मानववादी लोकतन्त्रको सार पारदर्शिता, उत्तरदायित्व र सचेत सहभागितामा निहित छ। उम्मेदवारले आफ्नो म्यानिफेस्टो सार्वजनिक नगरेको अवस्था भनेको मानवलाई अन्धकारमा राख्नु हो। “No Manifesto, No Vote” नीति मानिसको अधिकारलाई सशक्त बनाउने, उम्मेदवारलाई उत्तरदायी बनाउने र समाजमा सचेत, जिम्मेवार र मानवकेंद्रित नागरिकको विकास गर्ने उपाय हो। लोकतन्त्र बलियो तब मात्र हुन्छ जब हरेक व्यक्ति आफ्ना निर्णय सूचना, विवेक र मा फोन नव कल्याणको दृष्टिले गर्छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *