`

चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै नेकपा, अघि सार्दै ‘स्वाधिन र समृद्ध नेपाल निर्माणको मार्गचित्र

Nepal One HD २७ माघ २०८२ १६:५०
निर्वाचन विषेश

काठमाडौं । पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयोजक रहेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले प्रतिनिधिसभा निर्वाचनको घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

घोषणापत्रलाई नेकपाले ‘प्रतिबद्धतापत्र’ भनेको छ । अर्को शब्दमा नेकपाले यसलाई ‘स्वाधिन र समृद्ध नेपाल निर्माणको मार्गचित्र’ नाम दिएको छ ।

पार्टी संयोजक प्रचण्डले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सार्वजनिक गर्ने भएको एक नेताले बताए । उनका अनुसार ‘सुशासन र रोजगारी समाजवादको तयारी, राष्ट्रियता र लोकतन्त्रको रक्षा हाम्रो जिम्मेवारी’लाई नेकपाले नारा बनाएको छ ।

प्रतिबद्धतापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायहितको समृद्धिलाई प्राथमिकतामा राखिएको छ ।

पाँच वटा अध्यायमा विभाजित प्रतिबद्धतापत्रको पहिलो अध्यायमा नेपाली कम्युनिस्ट पार्टीको दृष्टिकोण, दोस्रो अध्यायमा राजनीतिक स्थायित्व, सुशासन र परिणामुखी प्रशासनबारे चर्चा गरिएको छ ।

प्रतिबद्धतापत्र नेकपाका २५ भन्दा बढी नेताहरूले तयार गरेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *