साताको अन्तिम दिन हरियाली, नेप्से २,६७१ विन्दुमा
काठमाडौँ। साताको अन्तिम कारोबार दिन आज (बिहीबार) भने नेप्से एकल अंकले बढेको छ।
यो साता लगातार घटेको नेप्से आज भने ८.९७ अंकले बढ्दै सुखद बिदाइ गर्यो।
यो साता पाँच कारोबार दिनमध्ये चार दिन नेप्से घट्दा एक दिनमात्र बढ्यो। नेप्से आइतबार १०.२५‚ सोमबार २६.०५ र मंगलबार १०.२५ र बुधबार ०.०४ अंकले घटेको थियो। अघिल्लो दिनको कारोबारको तुलनामा बिहीबार ०.३३ प्रतिशतले बढेको नेप्से २‚६७१.०७ विन्दुमा अडिएको छ।
बिहीबार सेन्सिटिभ इन्डेक्स पनि १.५१ अंकले बढेर ४५६.७२ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स अघिल्लो कारोबार दिनको तुलनामा ०.३३ प्रतिशतले बढेको हो। नेप्सेमा बुधबार ३३७ कम्पनीको एक लाख ६ हजार १८ पटकको कारोबारमा दुई करोड ७७ लाख ८० हजार ५८४ कित्ता सेयर किनबेच भए। जसमा बिहीबार ११ अर्ब १० करोड २५ लाख ५० हजार ९६६ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा आइतबार ११ अर्ब ६५ करोड ९७ लाख ५२ हजार १४३ रुपैयाँको कारोबार भएको थियो भने सोमबार १० अर्ब ७७ करोड ३९ लाख १५ हजार २८९ रुपैयाँबराबरको कारोबार भएको थियो। यसैगरी मंगलबार भने आठ अर्ब ६१ करोड ६४ लाख १० हजार १३२ रुपैयाँबराबरको कारोबार भएको नेप्सेमा बुधबार आठ अर्ब ६९ करोड २२ लाख ५० हजार ८५५ रुपैयाँबराबरको कारोबार भयो।
नेप्सेमा बिहीबार १३ समूहको कारोबार भएकामा आठ समूहको सूचक बढे। बाँकी पाँच समूहका सूचक घटे।
जसअनुसार वाणिज्य बैंक समूहको सूचक ०.३४ तथा विकास बैंक १.१८ तथा फाइनान्स समूहको सूचक ०.३५ प्रतिशतले बढे। होटेल तथा पर्यटन समूहको सूचक १.६५ प्रतिशतले घट्यो।
