टी-२० विश्वकप: पावरप्लेमा नेपालले ३ विकेट गुमाएर २२ रन जोड्यो
खेलकुद
काठमाडौं । टी-२० विश्वकपमा नेपालले अहिले वेष्ट इन्डिजविरूद्ध ब्याटिङ गरिरहेको छ ।
मुम्बईको वाङखडे रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले पावर प्लेमा ३ विकेट गुमाएर २२ रन जोडेको छ ।
ओपनर कुशल भुर्तेल १ र आसिफ शेख ११ रन बनाएर आउट हुँदा कप्तान रोहित पौडेल ५ रनमा पवेलियन फर्किए ।
वेष्ट इन्डिजका अकिल हुसेन, म्याथ्यु फोर्ड र जेसन होल्डरले १-१ विकेट लिए ।
अहिले दिपेन्द्रसिंह ऐरी र आरीफ शेखले नेपालको ब्याटिङ सम्हालिरहेका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
