`

शिक्षकहरु नै चेतनाका संवाहक हुन्: अध्यक्ष ओली

Nepal One HD ३ फागुन २०८२ १६:१५
नेकपा एमाले

दमक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शिक्षकहरु नै समाजको रुपान्तरणकारी चेतनाका संवाहक रहेको बताएका छन् । आइतबार झापा आइपुगेका ओलीले दमक-२ स्थित हिमालय माविमा भएको कार्यक्रममा विगतका राजनीतिक एवम् जनाधिकारका आन्दोलनहरुमा पनि शिक्षकहरुको महत्वपूर्ण योगदान रहेको स्मरण गराए।

उनले नेपालको शिक्षा क्षेत्र र शिक्षकहरुका समस्या समाधानका लागि सरकारमा हुँदा र नहुँदा पनि एमालेले सशक्त भुमिका निर्वाह गरेको उल्लेख गरे । आफू पनि २०२६ सालको शिक्षक रहेको स्मरण गर्दै अध्यक्ष ओलीले शिक्षण कार्य एउटा जागिर मात्र नभई समाज रुपान्तरणको अभिभारा समेत रहेको बताए ।

शिक्षाको स्तर कम भएका तथा दुर्गम क्षेत्रहरुमा समेत पुगेर शिक्षकहरुले चेतना, शिक्षा र समाज रुपान्तरणको जागरण फैलाएको भन्दै उनले समयानुकुल वेतन अभावमा पनि शिक्षकहरुले आफ्‌नो जिम्मेवारी निर्वाह गर्दै आएको भन्दै प्रशंसा गरे ।
समय समयमा हुने शिक्षक आन्दोलनका क्रममा सही ढंगले योजना बनाउने र विषय उठान गर्ने कार्यको अभावमा पूरा हुन नसकेको उल्लेख गर्दै उनले शिक्षकहरुका समग्र माग सम्वोधनका लागि एमाले शिक्षकहरुसँगै रहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *