युवाहरुले ‘टाइमपास’ भन्छन्, म छक्क पर्छु : ओली (भिडियाे)
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा झापा- ५ का उम्मेदवार केपी शर्मा ओलीले युवायुवतीहरुलाई समय त्यसै खेर नफाल्न सुझाएका छन् ।
युवायुवतीहरुले ‘टाइमपास’ भन्ने गरेकाे भन्दै उनले त्यसलाई प्रगति गर्ने सन्दर्भमा ‘खतरनाक’ भएकाे बताए ।
‘टाइमपास भन्छन् म छक्क पर्छु । टाइमपास खतरनाक कुरा हाे । टाइमपास भनेकाे जिन्दगी पास हाे । जिन्दगी त बित्दै जान्छ नि,’ उनले युवाहरुलाई भने, ‘समय खेर नफाल्नुहाेस् । जिन्दगी मजाक हाेइन ।’
समयकाे सदुपयाेग काम गरेर मात्रै उन्नति-प्रगति हुने उनकाे भनाइ छ । समय खेर फालिए जिन्दगी खेर जाने भन्दै उनले काममा ध्यान दिनुपर्नेमा जाेड दिए ।
तर खाना काम र निद्राकाे सन्तुलन नबिगार्न आग्रह गरे ।
‘मान्छेले काम गर्ने भनेकै समयकाे सदुपयाेग हाे । उन्नति-प्रगति समयकाे सदुपयाेगबाट मात्रै हुन्छ । ज्ञान प्राप्त गर्न समयकाे सदुपयाेगबाट मात्रै सम्भव छ । सफलता प्राप्त गर्न समयकाे सदुपयाेगबाट मात्रै सम्भव छ,’ उनले भने, ‘समय खेल फाल्याे, जिन्दगी खेर गयाे । तर काम मात्रै हाेइन कि खाना, काम र आरामकाे सन्तुलन मिलाउनुपर्छ ।’
