महोत्तरीमा स्वतन्त्र उमेदवार कापरमाथि कुटपिट
निर्वाचन विषेश
जलेश्वर । महोत्तरीको निर्वाचन क्षेत्र नम्बर–३ का स्वतन्त्र उमेदवार रामआधार कापरमाथि बुधबार (फागुन २०) राति कुटपिट भएको छ ।
जलेश्वर नगरपालिका–७ मा अज्ञात समूहले उनीमाथि निर्घात कुटपिट गरेको जिल्ला प्रहरी कार्यालयका एसपी हेरम्ब शर्माले जानकारी दिए ।
स्वतन्त्र उमेदवार कापरको छाती, पिठ्युँ तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । जनकपुरमा उनको उपचार भइरहेको छ ।
आक्रमणमा परेपछि उनले सहयोगका निम्ति प्रहरी प्रशासनमा खबर गरेका थिए । त्यसपछि आफूहरूले तत्काल उनलाई उद्धार गरी अस्पताल पठाएको एसपी शर्माले बताए ।
घटनास्थलमा प्रहरी पुगेपछि भागेका आक्रमणकारीको खोजी जारी छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
