निर्वाचन जितिहालिन्छ, चिन्ता लिनु पर्दैन- काङ्ग्रेस उम्मेदवार सुनिल शर्मा (भिडियाे)
निर्वाचन विषेश
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार डा. सुनिल शर्माले जित निश्चित भएको दाबी गरेका छन् । जितका लागि चिन्ता नभएको उनले बताए ।
‘जित त निश्चितै छ नि । भोट जनताले दिने हो, उम्मेदवार म हुँ । अनि कसले जित्छ त ? यहाँका जनताले सबैले मायाँ गर्नुभएको छ, जितिहालिन्छ, चिन्ता गर्नु पर्दैन,’ उनले मतदानपछि भने ।
उनले कांग्रेसले देशभरमा ७० प्रतिशत मत प्राप्त गर्ने पनि दाबी गरे । उनी मोरङ–३ मा कांग्रेसबाट उम्मेदवार छन् ।
यसअघि पनि उनी त्यही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित थिए ।\
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
