`

हुम्लाको नाम्खा गाउँपालिकाको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टर मार्फत हुँदै

Nepal One HD २१ फागुन २०८२ १९:१५
राजनीति

हुम्ला। हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीलगायत उच्च पहाडी मतदान केन्द्रको मतपेटिका ढुवानी नेपाली सेनाको हेलिकप्टर मार्फत हुँदैछ ।यसका लागि हेलिकप्टर लिमीको तील, जाङ, हल्जी सोही गाउँपालिका–४ को चालाको मतपेटिका ढुवानीका लागि हेलिकप्टर हुम्ला पुगेको मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले बताउनुभयो ।

आज उत्तरी लिमीको सुनखानी मावि मतदान केन्द्र हल्जी मतदान केन्द्रको मात्रै मतपेटिका ढुवानी हुने भएको छ भने बाँकी मतदान केन्द्रका मतपेटिका शुक्रबार ढुवानी हुने भएको उहाँले बताउनुभयो ।

हल्जीको सुनखानी मतदान केन्द्रमा १६४ मत खसेको छ । बाँकी रहेका तील, जाङ र चालाका मतपेटिका शुक्रबार मात्रै ढुवानी हुने भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *