`

इलाम-१ मा कांग्रेसका राईको सुरुआती अग्रता

Nepal One HD २२ फागुन २०८२ १९:५२
नेपाली कांग्रेस

इलाम। प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणनाअन्तर्गत इलामको निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राईले सुरुआती अग्रता लिनुभएको छ ।हालसम्म प्राप्त परिणामअनुसार सूर्योदय नगरपालिका-७ को एक हजार २२६ मत गणना गर्दा राईले ३९९ मत प्राप्त गरी अग्रता लिनुभएको निर्वाचन अधिकृत खुमप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

त्यसैगरी, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार काजीमान कागतेले ३१८ मत प्राप्त गरी राईलाई पछ्याउँदै हुनुहुन्छ । त्यस्तै श्रम संस्कृति पार्टीका विनोदकुमार नेम्बाङ लिम्बूले १५८ मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले १४६ मत प्राप्त गरी चौथो र नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राईले ९६ मत प्राप्त गरी पाँचौं स्थानमा हुनुहुन्छ ।सो निर्वाचन क्षेत्रमा कुल एक लाख १२ हजार ३२० मतदाता भएकामा ६४ हजार १०४ अर्थात् ५७ प्रतिशत मत खसेको थियो । सो निर्वाचन क्षेत्रमा विभिन्न १३ राजनीतिक दलका १३ जना प्रत्यासी हुनुहुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *