`

बाँके २ मा एमालेका राई प्रतिनिधिसभा सदस्यमा निर्वाचित

Nepal One HD २३ फागुन २०८२ ६:४६
नेपाली कांग्रेस

खजुरा (बाँके), २३ फागुन – बाँके २ मा नेकपा (एमाले)का उम्मेदवार मोहम्मद इश्त्यिाक राई प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ ।

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मतपरिणाम अनुसार उहाँले २४ हजार ६१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको हो ।

उहाँका निकटतम प्रतिष्पर्धि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का विवेककुमार श्रेष्ठले १८ हजार ५८० मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । अन्तिममत परिणाम अनुसार नेपाली कांग्रेसका सुधांशु कोइरालाले १७ हजार ५८५ मत प्राप्त गर्नुभएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *