चितवनमा अटो नालीमा खस्दा चार जनाको मृत्यु
बिशेष
काठमाडौं । चितवनको कालिकामा अटो दुर्घटना हुँदा चालकसहित चार जनाको ज्यान गएको छ । आज साझँ कालिका नगरपालिकाको उपरदाङढीबाट शक्तिखोरतर्फ जाँदै गरेको बा।प्र ०६ –००१ ह ०३१५ नम्बरको अटो नालीमा खसेको हो ।
दुर्घटना हुँदा ज्यान गुमाउनेमा अटो चालक राप्ती नगरपालिका–९ बस्ने ३९ वर्षका पूर्णबहादुर विक, राप्ती नगरपालिका–८ की ५६ वर्षीया विष्णुकुमारी तामाङ, राप्ती नगरपालिका–९ की २२ वर्षीया बिनी तामाङ, सोही ठाँउका ५५ वर्षका तिलक तामाङ रहेका छन् ।
यस्तै क्त दुर्घटनामा राप्ती–९ की ५३ वर्षीया चिनिकुमारी गुरुङ घाइते भएको जनाइएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
