`

निर्वाचनले सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दिएकोः मुख्यमन्त्री शाह

Nepal One HD २५ फागुन २०८२ २१:४०
राजनीति

कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले यही फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको परिणामले सुशासनयुक्त मुलुक निर्माणका पक्षमा अभिमत दिएको बताउनुभएको छ ।

लम्कीचुहा नगरपालिका–२ स्थित श्री जनसेवा माध्यमिक विद्यालय बघौरा गणेशपुरको आज यहाँ आयोजित ३६औँ जन्मजयन्ती तथा वार्षिकोत्सव समारोहका अवसरमा मुख्यमन्त्री शाहले जनताले भ्रष्टाचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणको पक्षमा अभिमत दिएको बताउनुभयो ।

मुख्यमन्त्री शाहले जनताले राष्ट्रिय राजनीतिमा प्रकट गरेको अभिमतले मुलुकलाई भ्रष्टाचारमुक्त, पारदर्शी र सुशासनयुक्त बनाउने दिशामा अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले लोकतन्त्र र लोकतान्त्रिक व्यवस्थालाई जनताको भावना र चाहनाअनुसार कार्यान्वयन गर्दै लैजानुपर्नेमा जोड दिनुभयो ।

उहाँले संरचनागत सुधार नगरेसम्म विकासको गति तीव्र बनाउन नसकिने उल्लेख गर्दै आगामी दिनमा गठन हुने दुई तिहाइको सरकारलाई प्रदेश सरकारका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।सोही कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट निर्माण गरिएको दुई कोठे विद्यालय भवनको उद्घाटनसमेत उहाँले गर्नुभएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *