चिनियाँ कम्युनिस्ट पार्टीको सन्देश: रास्वपासँग सहकार्य गहिरो बनाउने प्रतिबद्धता
बिशेष
चिनियाँ कम्युनिस्ट पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई दिदै सभापति रबी लामिछाने र बरिष्ठ नेता बालेनको प्रशंसा गरेको छ । सीपीसीले शुभकामना सन्देश पठाएर रास्वपा नेतृत्वको सरकारसँग चीनले मैत्रीपूर्ण सम्बन्ध कायम राख्ने र सहकार्यलाई गहिरो बनाउने बताएको छ।
पत्रमा भनिएको छ – दुई देशबीचको सम्बन्धलाई थप सुदृढ पार्दै आपसी सिकाइलाई गहिरो बनाउन तयार छौं। यसले द्विपक्षीय सम्बन्धको निरन्तर, सुदृढ र स्थिर विकास प्रवर्द्धन गर्न हामी संयुक्त रूपमा सक्रिय भूमिका निर्वाह गर्न सकौं।’
सन्देशमा भनिएको छ – रास्वपाले चीनसँगको मैत्री सम्बन्धलाई निरन्तरता दिँदै परम्परागत मित्रतालाई अगाडि बढाउन तथा विभिन्न क्षेत्रमा आदानप्रदान र सहकार्यलाई गहिरो बनाउँछ भन्ने विश्वास लिएका छौं
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
