`

चैत १३ गते बालेन शाहले प्रधानमन्त्रीको शपथ लिने

Nepal One HD ५ चैत २०८२ २०:५२
बिशेष

काठमाडौं । रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने भएका छन् ।

बिहीबार साँझ भएको रास्वपाका शीर्षनेताको छलफलमा चैत १३ मा प्रधानमन्त्रीको शपथ गराउने तय भएको हो । छलफलमा सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन्द्र शाह, उपसभापतिद्वय डीपी अर्याल र डा।स्वर्णिम वाग्ले रहेका थिए ।

छलफलमा चुनावी समीक्षा देखि नयाँ सरकार गठन र सुशासनको मुद्धाको सम्बोधन गर्ने खाकाबारे गृहकार्य भएको एक नेताले जानकारी दिए । ६ दलको छलफलपछि चैत १२ गते दिउँसो २ बजे नवनिर्वाचित सांसदको शपथ ग्रहण तय गरिएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *