जलवायु परिवर्तनसम्बन्धी चित्रकला प्रदर्शनी
काठमाडाैं। जलवायु परिवर्तन, लैङ्गिक विभेद, वालविवाह लगायतका समस्यासम्बन्धी चित्रकला प्रर्दशनी आयोजना गरिएको छ । युवा र प्लान ईन्टरनेसनलको संयुक्त सहकार्यमा शनिवार पाटन दबरबार क्षेत्रमा उक्त प्रर्दशनी गरिएको हो ।
प्रदर्शनीमा १६ देखी २९ वर्षसम्मका युवाहरुको ५० भन्दा बढी चित्रकलाहरु प्रदर्शन गरिएको थियो । युवा संस्थाकी प्रजेक्ट कोअर्डिनेटर नविना तिवारीले जलवायु परिवर्तन, लैङ्गिता, बालविवाह लगायतका समस्या र त्यसको समाधान चित्रकलामार्फत उजागर गर्ने उद्कदेश्यले प्रदर्शनी आयोजना गरिएको बताइन्। उनले चित्रकलासँगै कविताहरु पनि वाचन गरिएको जानकारी दिइन् ।
उनकाअनुसार फेब्रुअरी महिनाबाट देशका विभिन्न क्षेत्रका युवाहरुको आर्ट अनलाईन तथा भौतिक रुपमा संकलन गरिएको थियो । सोही संकलन गरेका आर्ट प्रदर्शन तथा कविता शनिवार वाचन गरिएको हो । प्रदर्शनीमा मिथिला आर्ट पनि प्रदर्शन गरिएको थियो ।
‘हामीले युवाहरुवाट १६ देखि २९ वर्षसम्मका अनलाईनबाट आर्ट संकलन गरेका थियौँ, त्यसैपरि भौतिक रुपमा पनि हामीले आर्ट वर्कसपहरु गरेका थियौँ, फरक फरक ठाउँबाट जलवायु परिवर्तन, लैङ्गिता, वालविवाहका वारेमा आर्टमार्फत जानकारी लिएका थियौँ,’ उनले भनिन्, ‘अनलाईन र भौतिक रुपमा आर्ट संकलन गरेर हामीले यहाँ सोकेश गरेका हौँ । ५० वटा भन्दा बढी आर्टहरु थियो । जनकपूरबाट मिथिला आर्ट पनि यही थिममा रहेर सोकेस गर्नुभएको छ ।’
युवा संस्थाको युथ एक्टिभेस लिडर काउन्सिलमा कार्यरत स्नेहा भट्टले सबैभन्दा ठूलो समस्याको रुपमा रहेको जलवायु परिवर्तनलाई निर्वारणको लागि चित्रकलाबाट वकालत गर्न खोजिएको बताइन्।
