पाँचपटक राजीनामा दिँदा पनि राजीनामा स्विकृत नभएको नेविसंघ अध्यक्ष शेर्पाको दाबी
काठमाडाैं। नेविसंघ सभापति दुजाङ शेर्पाले पार्टी नेतृत्वले समयमै विधान उपलब्ध नगराउँदा महाधिवेशनमा ढिलाइ भएको खुलासा गरेका छन् । शेर्पाकाअनुसार ३२ वर्षे उमेर हदबन्दी लागू भएपछि महाधिवेशनको म्याण्डेट पाएको वर्तमान कमिटीले विधान परिमार्जन गरी पार्टीलाई बुझाएको एक वर्ष हुन लाग्दा पनि पार्टीले त्यो विधान फिर्ता दिएको छैन । यदि विधान समयमै पाएको भए सेप्टेम्बर ८ भन्दा अगाडि नै महाधिवेशन भइसक्ने उनको भनाइ छ ।
सभापति शेर्पाले आफूले कार्यकालको बीचमा पाँच पटकसम्म पार्टी नेतृत्वलाई राजीनामा बुझाएको तर नेतृत्वले ‘अधिवेशन गराएर मात्र छोड्नु’ भन्दै रोकेको बताए । उनले महाधिवेशन खर्चिलो हुने भ्रमलाई चिर्दै अत्यन्त कम खर्चमा भव्य अधिवेशन गर्ने योजना पनि सुनाए । यसका लागि विश्वभर छरिएका नेविसंघका पूर्व सदस्यहरूबाट पारदर्शी ढंगले कोष संकलन गरिने र पार्टीबाट आर्थिक सहयोग नलिइने उनले स्पष्ट पारे।
उनले भनेका छन्, ‘नेपाल विद्यार्थी संघको हामीले वैशाखको २०–२१ मा १२ औं महाधिवेशन पनि तोकेका छौं । र तपाईंहरु को–को प्रतिनिधि जान इच्छुक हुनुहुन्छ साथीहरु यसलाई फेरि अब हामी अधिवेशनबाट भाग्ने छुट छैन । र अब विद्यार्थीहरुले आफ्नो नेता आफ्नो नीति आफैं बनाउनेछन् भनेर अब हामी पनि लामो समय भयो लगभग–लगभग चार वर्ष भयो । र यो बीचमा मैले पाँच पटक पार्टीको लिडरसिपलाई मैले रिजाइन पनि मैले दिएको थिएँ । अब यो कुराहरु मैले सामाजिक सञ्जालमा मिडियाहरुमा धेरै मैले भनेको छैन आजको दिनसम्म । ‘
सभापति शेर्पाले विद्यार्थी नेताहरुले अब नेताहरूको झोला बोक्ने दिन सकिएको बताए ।
