अर्थविद केशव आचार्यको निधन
समाचार
काठमाडौं । अर्थविद केशव आचार्यको ७२ वर्षको उमेरमा निधन भएको छ।
उनी अन्नपूर्ण न्यूरो हस्पिटलमा उपचाररत रहेकै अवस्थामा आज बिहान ९:५५ बजे निधन भएको पारिवारिक स्रोतले जनाएको छ। मस्तिष्कघात भएपछि उनलाई सोही अस्पतालमा भर्ना गरिएको थियो।
पारिवारिक स्रोतका अनुसार उनको पार्थिव शरीरको अन्त्येष्टि भोलि मंगलबार गरिनेछ। उनका एक श्रीमती, एक छोरा र एक छोरी छन्।
पहिले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिसकेका आचार्यले पछिल्ला वर्षहरूमा मुलुकको वित्तीय क्षेत्र तथा समग्र आर्थिक सुशासनका विषयमा सक्रिय रूपमा बहस र पैरवी गर्दै आएका थिए।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
