`

चुनावी हारको समीक्षा गर्न बोलाइयो कांग्रेस बैठक

Nepal One HD ९ चैत २०८२ १५:३२
नेपाली कांग्रेस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा भएकाे हारकाे समीक्षा गर्न नेपाली कांग्रेसले  केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।

पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक मङ्‍गलबार दिउँसाे १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्नेगरी बाेलाएकाे हाे । बैठकमा निर्वाचनको पूर्ण समीक्षा हुने पनि बताइएकाे छ ।

यसअघि शुक्रबार र शनिबार बैठक बसेकाे थियाे । दुई दिने बैठकले सभापतिबाट गगन थापाले दिएकाे राजीनामा अस्वीकृत गर्‍याे । मङ्‍गलबार भने चुनावी समीक्षामा थापा पनि सहभागी हुने भएका छन् ।

‘बदलिएकाे काङ्‍ग्रेस’ काे नारा लिएर थापाकाे नेतृत्वमा चुनावमा गएकाे काङ्‍ग्रेसले लज्जास्पद हार बेहाेर्‍याे । थापा स्वयम् पराजित भए ।

यसपछि थापा पार्टीकाे सार्वजनिक कार्यक्रममा सहभागी भएका थिएनन् । मङ्‍गलबार भने बैठकमा सहभागी हुने भएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *