`

यामाहाकाे हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक

Nepal One HD ९ चैत २०८२ १८:०५
विज्ञान-प्रविधि

काठमाडौं । यामाहाले नेपालमा पहिलो पटक हाइब्रिड प्रविधियुक्त मोटरसाइकल सार्वजनिक गरेको छ।

काठमाडौंको कमलादीस्थित स्काई टावरमा आयोजित एक कार्यक्रमबीच यामाहाले आफ्नो चर्चित एफजेड सिरिजको हाइब्रिड मोडल सार्वजनिक गरेको हो।

मोटरसाइकलमा १४९ सीसीको फ्युल इन्जेक्टेड इन्जिनका साथै स्मार्ट मोटर असिस्ट प्रविधि प्रयोग गरिएको छ। यो हाइब्रिड प्रणालीले मोटरसाइकल स्टार्ट गर्दा र एक्सेलेरेसन दिँदा थप शक्ति प्रदान गर्छ। जसले गर्दा इन्धनको खपत कम हुने र प्रदूषण पनि घट्ने कम्पनीको दाबी छ।

मोटरसाइकलले प्रतिलिटर ६० किलोमिटरभन्दा बढी माइलेज दिने बताइएको छ। कार्यक्रममा यामाहाले अभिनेता अनुपविक्रम शाहीलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरका रूपमा समेत घोषणा गरेको छ।

१३५ केजी तौल रहेको मोटरसाइकलमा सुरक्षाका लागि सिंगल च्यानल एबीएस, रियर डिस्क ब्रेक र चौडा रेडियल टायरहरू प्रयोग गरिएको छ। यसमा एलइडी हेडलाइट, डिजिटल इन्स्ट्रमेन्ट क्लस्टर र इन्जिन अन्डर काउल जस्ता सुविधाहरू पनि रहेका छन्।

नेपालका लागि यामाहाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजका अध्यक्ष विष्णुकुमार अग्रवालले नेपाली ग्राहकका लागि विश्वस्तरीय र आधुनिक प्रविधि भित्र्याउने लक्ष्य अनुरूप यो मोटरसाइकल ल्याइएको बताए।

हाल देशभर रहेका आफ्ना १०० वटा डिलर र सेवा केन्द्रहरू मार्फत यस मोटरसाइकलको बिक्री सेवा उपलब्ध गराउने जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *