`

जिप दुर्घटनामा एक जनाको मृत्यु

Nepal One HD १० चैत २०८२ १०:१८
समाचार

पर्वत। कालीगण्डकी लोकमार्गअन्तर्गत फलेवास नगरपालिका-४ मुडिकुवास्थित कुश्मा-फलेवास सडकखण्डमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।


जिल्ला सदरमुकाम कुश्माबजारबाट युरिया मल लिएर फलेवासतर्फ गइरहेको ग१ज ८०२९ नम्बरको जीप सोमबार साँझ सडकबाट करिब ३० मिटर तल खस्दा चालक सज्जन परियारको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार जीपमा ३५ वर्षीय चालक एक्लै रहेका थिए। दुर्घटनापछि घाइते अवस्थामा उद्धार गरी प्रदेश अस्पतालतर्फ लैजाँदै गर्दा उनको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

लगातार वर्षाका कारण उकालो बाटो चिप्लो बनेको हुँदा जीप अनियन्त्रित भई खसेको हुनसक्ने प्रारम्भिक अनुमान छ।


उद्धारका लागि सशस्त्र प्रहरी बल चण्डिका गण तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले कठिन भौगोलिक अवस्थासँग जुध्दै उद्धार कार्य सम्पन्न गरेको सशस्त्र प्रहरी बलका उपरीक्षक क्षितिज क्षेत्रीले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *