रास्वपालाई काङ्ग्रेस सभापति थापाले दिए बधाई (भिडियो)
नेपाली कांग्रेस
काठमाडौं । कांग्रेस सभापति गगन थापाले प्रतिनिधिसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको रास्वपालाई बधाई दिएका छन् । उनले जेन-जी भावनाअनुसार सरकार सञ्चालन गर्न आग्रहसमेत गरे ।
‘रास्वपालाई बधाई दिन चाहन्छु । नौ जवानको व्रिदोहको मर्म र भावनाअनुसार सरकार सञ्चालन गर्नुहोला’, केन्द्रीय समितिको बैठकमा बोल्दै उनले मङ्गलबार भने ।
सरकार सञ्चालनको लागि कांग्रेसले मत नपाए पनि विपक्षीको रूपमा पनि ठूलो जिम्मेवारी पाएको उनले बताए । अबको पाँच वर्ष सुशासन, सेवा प्रवाह, विकासमा राम्रो गति लिनुपर्ने उनले बताए ।
५ वर्ष रास्वपालाई पूर्ण साथ रहने उनले बताए । गतिमा साथ रहने, प्रश्न गर्नुपर्ने ठाउँमा प्रश्न पनि रहने उनले बताए । पाँच वर्ष द्वन्द्व र विवादको चपेटामा सरकार पर्न नहुने उनले बताए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
