`

उपराष्ट्रपति यादवसँग प्रदेश प्रमुखहरूको सामूहिक भेट

Nepal One HD १० चैत २०८२ १८:२१
राजनीति

काठमाडौँ। उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटा र सुदूरपश्चिम प्रदेशका प्रमुख नजिर मियाँले शिष्टाचार भेट गर्नुभएको छ ।

लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालय पुगेर उहाँहरूले उपराष्ट्रपति यादवसँग आज सामूहिक भेट गर्नुभएको हो ।भेटमा उपराष्ट्रपति यादव र प्रदेश प्रमुखहरूबीच शुभकामना आदान–प्रदानपश्चात देशको वर्तमान परिस्थिति तथा समसामयिक विषयहरूमा महत्त्वपूर्ण छलफल भएको उपराष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *