जेन-जी प्रतिवेदनप्रति ओलीकाे आक्राेशपूर्ण प्रश्न : प्रधानमन्त्री भएवापत अपराधी हुनुुपर्ने ? (भिडियो)
जसपा नेपाल
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेन–जी प्रतिवेदनमा दोषी करार गरेकोप्रति गम्भीर असमझदारी प्रकट गरेका छन् ।
उनले दोषी करार गर्ने कार्यलाई स्तरहीन र कलाविहीन भद्दा नाटक भनेका छन् ।
मिडियाबाट जेन–जी प्रतिवेदन सार्वजनिक भएको भोलिपल्ट बिहीबार असन्तुष्टि जनाउँदै सोधे, ‘प्रधानमन्त्री भएवापत अपराधी भइदिनुपर्ने ? कस्तो स्तरहीन क्रियाकलाप भइरहेको छ ?’
ओलीले यस्ता अप्ठ्याराहरूसँग जुध्दै अगाडि बढ्नै बताए ।
जेन–जी प्रतिवेदनमा गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङलाई शासकीय जिम्मेवारीमा रहेर लापारवाहीपूर्ण र हेलचेक्र्याईंपूर्ण कार्य गरेको भन्दै दोषी करार गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
