`

एईई परीक्षा तयारी पूरा, बिहीबारदेखि परीक्षा हुने (भिडियो)

Nepal One HD १८ चैत २०८२ १९:१५
भिडियो

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को तयारी भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का उपनियन्त्रक विष्णुप्रसाद ज्ञावलीले बिहीबारदेखि हुने परीक्षाको सम्पूर्ण तयारी पूरा भएको बताए । परीक्षा बिहान ८ बजेदेखि सुरु हुने छ ।

परीक्षामा ५ लाख १२ हजार ४ सय ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । नेपालबाहिर जापानबाट पनि परीक्षामा विद्यार्थीहरू सहभागी हुने उनको भनाइ छ ।

यसवर्ष ग्रेड वृद्धिका लागि ६५ हजार ८ सय ९५ जना परीक्षार्थी परीक्षामा सहभागी हुने पनि ज्ञवालीले बताए ।

उनका अनुसार बालसुधार गृहमा रहेका परीक्षार्थीको लागि नजिकको परीक्षा केन्द्रमार्फत परीक्षा दिनेगरी व्यवस्था मिलाइएको छ ।

अपाङ्गताको प्रकृतिअनुसार अतिरिक्त समय र लेखन सहयोगीको व्यवस्था गरिएको पनि कार्यालयले जनाएको छ । परीक्षा ३ घन्टाको हुने र उनीहरूलाई थप १ घन्टा ३० मिनेट समय दिइनेछ ।

लेखन सहयोगीका रूपमा कक्षा ९ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध गराइने बताए ।

यसवर्षको एसईई परीक्षाको नतिजा एक महिनाभित्रै प्रकाशन गर्नेगरी तयारी गरेको छ । उप–नियन्त्रक ज्ञावलीले विगतमा जस्तो परीक्षाफल प्रकाशन गर्न तीन महिना नलाग्ने पनि स्पष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *