अमेरिकी सांसद अनसारीको आलोचना,ट्रम्पको विरोध शुरु
विश्व
एजेन्सी। अमेरिकी सांसद यासमिन अनसारीले ट्रम्पको भनाइलाई आपत्तिजनक भन्दै कडा आलोचना गरेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो बयानलाई लिएर अमेरिकाभित्र विरोध सुरु भएको छ।
ट्रम्पले इरानलाई ‘ढुंगे युगमा फर्काइदिने’ (‘स्टोन एज’) भनेर टिप्पणी गरेको विषयमा सामाजिक सञ्जाल एक्समा लेख्दै अनसारीले भनिन्, ‘उनी ९ करोड जनसंख्या भएको देशबारे यस्तो कुरा गरिरहेका छन्, यो घृणित, डर लाग्दो र गलत हो।’
यसैबीच,इरानी सेनाले अमेरिका र इजराइलमाथि भीषण आक्रमण गर्ने चेतावनी दिएको छ। इरानको सैन्य कमान खातम अल-अनबियाले युद्ध जारी रहने र शत्रुलाई कडा जवाफ दिने जनाएको छ।
ट्रम्पको ‘स्टोन एज’ टिप्पणीपछि यस्तो प्रतिक्रिया आएको हो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
