उपसभामुखमा श्रम संस्कृतिलाई कांग्रेस-एमालेको समर्थन,नेकपा छलफलमै
नेकपा एमाले
काठमाडौं। नेपाली कांग्रेस र नेकपा एमालेले उपसभामुख पदमा उम्मेदवारी नदिई श्रम संस्कृति पार्टीका उम्मेदवारलाई समर्थन गर्ने भएका छन्।
नेपाली कम्युनिस्ट पार्टीले भने अहिलेसम्म कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन। नेकपा एमालेका उपाध्यक्ष गुरु बरालका अनुसार कांग्रेस र एमालेबीच उपसभामुखमा उम्मेदवारी नदिने र श्रम संस्कृति पार्टीलाई सहयोग गर्ने विषयमा छलफल भएको हो।
श्रम संस्कृति पार्टीले उपसभामुखका लागि उम्मेदवारी दर्ता गरिसकेको छ। उपसभामुखको उम्मेदवारी दर्ता आज दिउँसो २ बजेसम्म खुला रहनेछ भने निर्वाचन भोलि हुने कार्यतालिका रहेको छ।
संसदमा सबैभन्दा धेरै सांसद रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले जसलाई समर्थन गर्छ, सोही उम्मेदवार उपसभामुख बन्ने सम्भावना बलियो रहने देखिएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
