भक्तपुरमा आज रचना रिमाल र ,दिपक चौलागाईले एकसाथ प्रस्तुती दिने
काठमाडौँ । भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा नयाँ वर्षको दिन सांगीतिक उत्सवमा रचना रिमाल, रामकृष्ण ढकाल,दिपक चौलागाई,भोजराज काफ्ले, सुनितमि परियार, प्रितम मल्ल, राजन खैराते, अनित बिष्ट, रमन तलवार लगायतले सांगीतिक प्रस्तुती दिने भएका छन् । दशौं भक्तपुर औद्योगिक साँस्कृतिक पर्यटन तथा व्यापार महोत्सवमा २०८३ सालको बैशाख १ गतेका दिन आज राष्ट्रिय तथा स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति दिने आयोजक औद्योगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।
महोत्सवमा रचना , रामकृष्ण र दिपक लगायतका कगायक गायिकाले ४० हजार दर्शकका अघि आफ्नो कला प्रस्तुत गर्नैछन् । त्यसैगरि अन्य कलाकारहरुमा वर्षा राउत, मेक्सम गौडेल, बिजय बराल लगायतका ख्यातिप्रप्त कलाकारले दर्शकहरुललाई मनोरञ्जन दिनेछन् । नयाँ वर्ष र बिस्काः जात्राको अवसर पारेर विगत १२ वर्षदेखि यस्तो महोत्सव आयोजना हुदै आएको महोत्सवका आयोजक समितिका संयोजक दीपक थापाले जानकारी दिए ।
“कृषि, पर्यटन, दैनिक जीवनका उपभोग्य सामाग्री, लत्ताकपडा, जुत्ता, हस्तकलाका सामाग्री लगायतको करिव एक सय ५० स्टल रहेको संयोजक थापाले बताए । अध्यक्ष महतका अनुसार, कपडा, भान्सामा प्रयोग गरिने सामाग्री, स्थानीय उत्पादन, खानाका परिकारसहितका स्टलबाट सर्वसाधारणले १० देखि ५० प्रसितशतसम्म छुट पाउँने व्यवस्था मिलाइएको छ ।
महोत्सवको आकर्षणमा बालबालिकाको मनोरञ्जनका लागि बाल उद्यान, रोटेपिङ, ब्रेकडान्स लगायत विभिन्न खेलहरु खेल्न सकिनेछ । ज्येष्ठ नागरिकलाई प्रवेश शुल्क नलाग्ने महोत्सवमा विद्यार्र्थीलाई ५० रुपैयाँ र सर्वसाधरणलाई भने १०० रुपैयाँको टिकट लाग्ने मेलाका निर्देशक सुनिल बज्राचार्यले बताए । चैत्र २६ देखि चल्दै आएको महोत्सव सल्लाघारीस्थित तीनकुने चौरमा बैशाख ६ गतेसम्म संचालन हुनेछ ।
