‘मिडिया ट्रायल’ भयो भन्दै सुधनको पक्षमा उभीईन प्रियंका कार्की
काठमाडौं। नेपाली चलचित्रकी नायिका प्रियंका कार्कीले गृहमन्त्रीबाट राजीनामा दिएका सुधन गुरुङ झन् बलियो भएर फर्किने विश्वास व्यक्त गरेकी छन् ।
कार्कीले गुरुङको राजीनामापछि सामाजिक सञ्जालमार्फत् उनको पक्षमा ऐक्यबद्धता जनाउँदै कहिलेकाहीँ सबैभन्दा बलिया मानिसहरूले नै जीवनमा सबैभन्दा कठिन परीक्षा दिनुपर्ने उल्लेख गरेकी छन् ।
उनले गुरुङमाथि ‘मिडिया ट्रायल’ भएको टिप्पणी समेत गरेकी छन् ।
‘मिडिया ट्रायलले दबाब सिर्जना गरेको स्पष्ट देखिन्छ, तर यस्तो कठिन समयमा पनि पदभन्दा नैतिकता रोज्नु आफैंमा ठूलो कुरा हो । सधैं राम्रो काम गर्ने मानिसले नै धेरै अग्निपरीक्षा दिनुपर्छ, इतिहासले त्यो बारम्बार देखाएको छ । जति टीकाटिप्पणी आए, जति आरोप लागे, सबैको निष्पक्ष र गहिरो छानबिन होस्, सत्य उजागर होस्,’ कार्कीले लेखेकी छन् ।
उनले नेपालले अझै सुधन गुरुङभित्रको शक्ति, भिजन र सम्भावनाको पूर्ण उचाइ देख्न बाँकी रहेको पनि उल्लेख गरेकी छन् ।
उनको स्टाटस जस्ताकोत्यस्तै :
