`

कर्णालीको समृद्धिका लागि एकताबद्ध हुनुपर्छ: प्रदेश प्रमुख जोशी

Nepal One HD १९ वैशाख २०८३ २१:५८
राजनीति

सुर्खेत। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीको समृद्धिका लागि सुबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।आज यहाँ वीरेन्द्रनगरमा सुरु भएको ‘कर्णाली युवा महोत्सव’ दोस्रो संस्करणको उद्घाटन समारोहमा उहाँले प्रदेशको समृद्धिका लागि बजेट खर्च क्षमता विकास गरिनुपर्ने र त्यसमा सरकार र जनप्रतिनिधि गम्भीर बन्नुपर्ने बताउनुभयो ।

प्रदेश प्रमुख जोशीले भन्नुभयो, “खर्च क्षमता नबढाउनु र हरेक वर्ष बजेट फ्रिज हुनु विकास रोकिनु हो । यसलाई सदुपयोग गर्दै कर्णालीको समृद्धिमा लगाउन सरकार र जनप्रतिनिधि एकताबद्ध हुनुपर्छ ।”

कर्णालीमा विकास नै नभएको भन्ने तर्कसँग आफू सहमत नरहेको भन्दै उहाँले विकासको गति बढाउन भने आवश्यक रहेको धारणा राख्नुभयो । “विकास नभएको होइन, भइरहेकै छ, तर समृद्ध र सुखी कर्णालीका लागि विकासका केही ढोकाहरू बन्द छन्, ती ढोका खोल्न र गति बढाउन आवश्यक छ । यसका अब युवाको साझा आवाज उठ्नुपर्छ”, प्रदेश प्रमुख जोशीले भन्नुभयो ।

उहाँले युवालाई स्वदेशमै राख्न सक्ने क्षमता कर्णालीसँग रहेकाले त्यसको पहिचान गरी सही उपयोग गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “ युवाहरूलाई विशेषगरी कृषिमा आकर्षित गर्नुपर्छ । यहाँको सबैभन्दा बढी सम्भावना रहेको स्याउ र सुन्तला खेतीमा युवाहरूलाई जोड्न लाग्नुपर्छ ।”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *