`

राखेपमा राजनीतिक नियुक्ति सखाप : २० जनामाथि चल्यो अध्यादेशको डण्डा

Nepal One HD २० वैशाख २०८३ १६:४८
खेलकुद

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का राजनीतिक नियुक्तिमा रहेका २० जना सदस्य पदमुक्त हुने भएका छन्। अघिल्लो सरकारका समयमा नियुक्त गरिएका ती सदस्यहरू नयाँ अध्यादेश लागू भएपछि स्वतः पदबाट हट्ने भएका हुन्।

तेजुलाल चौधरी र बब्लु गुप्ताले मन्त्रीको रूपमा कार्यरत रहँदा ती नियुक्तिहरू गरिएको थियो। वर्तमान सरकारले जारी गरेको सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश–२०८३ अनुसार उनीहरूको पद स्वतः समाप्त हुने व्यवस्था गरिएको हो।

यसअघि राखेपका उपाध्यक्ष ध्रुव आचार्यले राजीनामा दिइसकेका छन्। हाल सदस्य सचिवको जिम्मेवारी कर्मचारी तहका रामचरित्र मेहताले सम्हालिरहेका छन्।

अध्यादेश लागू भएपछि राखेपको संरचना र नेतृत्वमा फेरबदल हुने निश्चित देखिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *