`

कांग्रेस संसदीय दलका नेता आङ्देम्बेको क्रियाशील सदस्यता अद्यावधिक (भिडियो)

Nepal One HD २० वैशाख २०८३ १९:५०
नेपाली कांग्रेस

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले पार्टीको ‘जरा अभियान’अन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक गरेका छन् ।

गृह जिल्ला पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमीडाँडा पुगेर नेता आङ्देम्बले आइतबार क्रियाशील सदस्यता अद्यावधिक गरेका हुन् ।

उनले क्रियाशील सदस्यता नवीकरणको फारम भर्खरै वडा वडामा आइपुगेको भन्दै छिटो सदस्यता नवीकरण गर्न सुझाव दिए । उनले क्रियाशील सदस्यता हुने तर पार्टीले नचिन्ने हुन नहुने बताए । ‘पार्टीको क्रियाशील सदस्य हुने तर पार्टीले नचिन्ने हुँदैन । हिजो त्यस्तै भयो,’ उनले भने, ‘क्रियाशील सदस्य पार्टीको २४ सै घण्टा खटिने कार्यकर्ता हो ।’

प्रमुख विपक्षी नेतासमेत रहेका आङ्देम्बेले जनतालाई भगवानसँग तुलना गरेका छन् ।

उनले कार्यकर्ताले गर्ने कामको आधारमा पार्टीमा जनता आबद्ध हुने भन्दै जनपक्षीय काममा ध्यान दिन क्रियाशील सदस्यलाई सुझाए ।

गत चुनावमा पाँच सय क्रियाशील सदस्य भएको ठाउँमा अढाई सय मात्रै भोट खसेको दृष्टान्त पेस गर्दै भने, ‘अब यस्तो हुनु हुँदैन ।’

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *