इन्टर मिलानले जित्यो २१ औँ पटक सिरी-एको उपाधि
खेलकुद
एजेन्सी। इटालियन सिरी ‘ए’ प्रतियोगिता अन्तर्गत पार्मालाई २-० ले पराजित गर्दै इन्टरले सिजनको अन्त्य हुन तीन खेल बाँकी रहँदै नै उपाधि सुनिश्चित गरेको छ।
मार्कुस थुरामले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै इन्टरलाई अग्रता दिलाए भने हेनरिख मिखितारियनले खेल सकिन १० मिनेट बाँकी रहँदा अर्को गोल गर्दै जित सुनिश्चित गरे। यस जितसँगै इन्टरले ८२ अंकसहित आफ्नो २१औँ सिरी ‘ए’ उपाधि (स्कुडेटो) जितेको हो।
दोस्रो स्थानमा रहेको नापोलीले शनिबार कोमोविरुद्ध ०-० को बराबरी खेलेपछि इन्टरलाई एक अंक मात्र पर्याप्त हुने अवस्था बनेको थियो। तर इन्टरले जित निकाल्दै १२ अंकको अपराजेय अग्रता बनाउँदै उपाधि पक्का गर्यो।
खेलमा स्पष्ट गोल अवसर सीमित भए पनि इन्टरले पहिलो हाफभर खेल नियन्त्रणमा राखेको थियो र पार्माको क्षेत्रमा दबाब कायम राखेको थियो।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
