`

नेपाल ‘ए’ लाई २६३ रनको लक्ष्य

Nepal One HD २५ वैशाख २०८३ १३:३२
खेलकुद

काठमाडौं । अमेरिकाले नेपाल ए सामु २ सय ६३ रनको लक्ष्य प्रस्तुत गरेको छ।  

मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाएर २६२ रन बनाएको छ । अमेरिकाका लागि ओपनर स्मित पटेलले १०८ बलमा १० चौका र ५ छक्का मद्दतमा ११६ रन बनाए ।

जसदीप सिंह ३३ तथा हर्मीत सिंह २५ रनमा नटआउट रहे । कप्तान मोनांक पटेलले २० रन बनाए ।

नेपाल ए का लागि पवन सर्राफले २ विकेट लिँदा शाहब आलम, बिपिन खत्री, बसिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले १-१ विकेट लिए ।

नेपाल ए ले यसअघि बिहीबार स्कटल्यान्डसँगको खेल जितेको थियो । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *