`

चलचित्र ‘मालती मङ्‍गले’ बहिष्कारकाे सिकार, गाली वर्षिएपछि रामकृष्ण ढकाल पुगे साइबर ब्युराे

Nepal One HD २५ वैशाख २०८३ १५:२२
बिशेष

काठमाडौं । नख्खु कारागारदेखि सहकारी ठगी, सङ्‍गठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा आराेपी रहेका रास्वपा सभापति रवि लामिछानेलाई गाडीमा राखेर ल्याएकाे स्वीकारेका गायक रामकृष्ण ढकालले सामाजिक सञ्जालमा आफ्नो चरित्र हत्या गरिएको आरोप लगाउँदै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका छन्।

उनले आफ्नाे भनाइलाई गलत अर्थ लगाई लगातार अपमानजनक सामग्री फैलाइएको दाबी गरेका छन्।

ढकालविरुद्ध पछिल्लो समय सामाजिक सञ्जालमा व्यापक आलोचना भइरहेकाे छ । उनलाई कतिपयले घण्टे ड्राइभर भन्दै आलाेचना गर्दै आएका छन् ।

यही आलोचना र लगातार फैलाइएका पोस्टहरूले आफ्नो व्यक्तिगत जीवन र पेशागत प्रतिष्ठामा गम्भीर असर पारेको भन्दै ढकाल साइबर ब्युराे पुगेका छन् । बिहीबार साइबर ब्युरोमा दर्ता गरिएको उजुरीमा उनले फेसबुकलगायत सामाजिक सञ्जालमा केही पेज र व्यक्तिगत आईडीहरूले योजनाबद्ध रूपमा दुष्प्रचार गरेको उल्लेख गरेका छन्।

आलाेचना बढिरहँदा उनकाे चलचित्र ‘मालती मङ्‍गले’ प्रदशर्नका लागि हलहरुमा पुगेकाे छ । तर, हलहरु खाली देखिएका छन् । उनकाे चलचित्र यसपटक बहिष्कारकाे सिकार बनेकाे छ । यसपछि उनी साइबर ब्युराे पुगेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *