`

नेपाल ‘ए’ सामु ३०३ रनको लक्ष्य

Nepal One HD २६ वैशाख २०८३ १३:२४
खेलकुद

काठमाडौं । जारी पाँचौँ एकदिवसीय खेलमा स्कटल्याण्डले नेपाल-ए का लागि ३ सय ३ रनको चुनौतीपूर्ण लक्ष्य तय गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३ सय २ रन जोड्यो। सुरुवाती जोडीका जर्ज मुन्से सर्वाधिक रन योगदान गर्ने खेलाडी बने। उनले ५१ बलमा ६ चौका र ३ छक्कासहित विस्फोटक ६२ रनको इनिङ्स खेले।

त्यस्तै, मध्यक्रमका माइकल इङ्लिसले अर्धशतक पूरा गर्दै ५६ रन जोडे। कप्तान रिचर्ड बेरिंग्टनले ४० रनको योगदान दिए भने ब्राण्डन म्याकमुलनले ३९ तथा ज्याक जार्विसले तेज ३० रन थपे। यी सबै योगदानले स्कटल्याण्डलाई ठूलो स्कोर बनाउन मद्दत गर्‍यो।

नेपाल-ए तर्फबाट आकाश चन्द उत्कृष्ट प्रदर्शन गरे। उनले ९ ओभर बलिङ गर्दै ५९ रन खर्चिए पनि ३ महत्वपूर्ण विकेट लिन सफल भए। शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले पनि समान १–१ विकेट हात पार्दै सहयोग गरे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *