`

इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल आउने, टियुमा टि-ट्वान्टी सिरिज हुने तयारी

Nepal One HD २८ वैशाख २०८३ १७:१०
खेलकुद
काठमाडौं।  इङ्ल्यान्डको राष्ट्रिय क्रिकेट टोली नेपाल आउने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ । सन् २०२७–३१ को सर्कलमा इङ्ल्यान्ड र नेपालबीचको सिरिज टियु क्रिकेट स्टेडियममा हुने बताइएको छ ।

क्यानका प्रवक्ता छुम्वी लामाले हाम्रो खेलकुद डटकमलाई इङ्गल्याण्ड क्रिकेट बोर्डसँग कुराकानी भइरहेको बताए । उनले मितिको बारेमा समेत छलफल भइरहेको कारण इङ्गल्याण्डको राष्ट्रिय टोली नेपाल आउने लगभग निश्चित भएको जानकारी दिए ।

क्यानका सचिव पारस खड्काले पनि इएसपिएन क्रिकइन्फोलाई उद्धृत गर्दै, ‘हामी तयार छौं, नेपाल र इङ्गल्याण्डबीचको टि-ट्वान्टी सिरिज क्रिकेट स्टेडियममा गर्नका लागि’ भनेर सामाजिक सञ्जालमा पोस्ट गरेका छन् ।

नेपाल र इङ्ल्यान्ड पछिल्लो पटक भारत र श्रीलंकामा आयोजना भएको टि-ट्वान्टी विश्वकपको एकै समूहमा परेका थिए । सोही विश्वकपमा भारतको मुम्बईस्थित वानखेडेमा भएको खेलमा नेपाल इङ्ल्यान्डसँग मात्र ४ रनले पराजित भएको थियो ।

त्यो खेलमा नेपाल जितको निकै नजिक पुगेर पराजित भए पनि विश्व क्रिकेटमा ठूलो चर्चा पाएको थियो । त्यो नेपाल र इङ्ल्यान्डबीचको पहिलो टि-ट्वान्टी आई खेल थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *